कांग्रेसमा ५७ वटा जिल्ला सभापतिकाे नतिजा सार्वजनिक, संस्थापन पक्ष हावी

होमल्याण्ड खबर

२०७८ मंसिर १४ गते, मंगलवार १४:१७ मा प्रकाशित

यतिबेला नेपाली कांग्रेसमा १४औँ महाधिवेशनको सरगर्मी बढिरहेको छ। कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारीछ।  हालसम्म ५७ जिल्लाको सभापतिहरूको नतिजा सार्वजनिक भएको छ।

५७ जिल्लामा नयाँ नेतृत्व चयन भइसक्दा संस्थापन समूह बलियो अवस्थामा देखिएको छ । संस्थापन पक्षले २९ जिल्लामा नेतृत्व हात पारेको दावी गरेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले २६ जिल्लामा सभापति जितेको छ भने कांग्रेसभित्र तेस्रो धारका रुपमा चिनिने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले २ जिल्लामा जित हात पारेको छ ।

संस्थापन समूहबाट जिल्ला सभापति निर्वाचित हुनेहरु

१. कर्णबहादु शाही, जुम्ला
२. किशोरदत्त बराल, कास्की

३. खड्क पोखरेल, सुर्खेत
४. ऐनबहादुर शाही, मुगु
५. खडक बोहरा, बझाङ
६. खमबहादुर गर्बुजा, म्याग्दी
७. शंकर गुरुङ, मनाङ
८. केशरबहादुर विष्ट, सल्यान
९. दीपेन्द्र शाही, डोल्पा
१०. भीमबहादुर साउद, डडेल्धुरा
११. गजेन्द्रप्रसाद तुम्याहाङ, ताप्लेजुङ
१२. बेदराज सिंह, जाजरकोट
१३. रुपनारायण जवेगु, पाँचथर
१४. डा. टकबहादुर गुरुङ, लमजुङ
१५. नरेन्द्रबहादुर सिंह, डोटी
१६. तेजेन्द्र खनाल, ओखलढुंगा
१७. युवराज जोशी, पर्वत
१८. मोहनविक्रम सिंह, हुम्ला
१९. डम्बर खड्का, इलाम
२०. रामकृण खाण, रुपन्देही
२१. प्रेमप्रकाश वली, रुकुम पश्चिम
२२. जितेन्द्र श्रेष्ठ, ललितपुर
२३. तीर्थ लामा, काभ्रे
२४.पदम बोगटी, कञ्चनपुर
२५.पूर्णबहादुर तामाङ (कान्छाराम), रामेछाप
२६. जीतप्रकाश आले, तनहुँ
२७. हिमाल कार्की, उदयपुर
२८. दुर्लभ थापा, भक्तपुर
२९ अरुण प्रकाश सिंह राठौर, बर्दिया

संस्थापनइतर समूहबाट सभापतिमा निर्वाचित हुनेहरु

१. रामसिंह रावल, बाजुरा
२. अर्जुनबहादुर तुम्बाहाङ्फे, तेह्रथुम
३. ललितसिंह बोहरा, दार्चुला
४. रोमीगौचन, मुस्ताङ
५. शंकर डाँगी, दाङ
६. नन्दप्रसाद न्यौपाने, गोरखा
७.दीपक खड्का, संखुवासभा
८. केशव श्रेष्ठ, अर्घाखाँची
९. विष्णुकुमार गिरी, प्यूठान
१०. चतुरबहादुर चन्द, बैतडी
११. विनोद बान्तवा, भोजपुर
१२.अम्मबहादुर शाही, कालीकोट
१३. किशोर आचार्य, रोल्पा
१४. विष्णुकुमार राई, खोटाङ
१५. बर्मा लामा, दोलखा
१६. राजु थापा स्याङ्जा
१७. हिमालदत्त श्रेष्ठ, पाल्पा
१८. अर्जुनकुमार पोखरेल, पश्चिम नवलपरासी
१९. मणिराम रेग्मी, दैलेख
२०. अब्दुलकलाम, कपिलबस्तु
२१. केदार भण्डारी, सुनसरी
२२. रमेश महत, नुवाकोट
२३. कृष्ण बानियाँ (सबुज), काठमाडौं
२४. रामनाथ अधिकारी, धादिङ
२५. खिलध्वजपन्थी, गुल्मी
२६. केशरमान रोका, रुकुमपूर्व

सिटौला समूह

१. देउमान थेवे, झापा
२. जित शेरचन, बाग्लुङ