३० फाल्गुन २०८२, शनिबार
नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार २ बजेलाई गर्ने तयारी गरे पनि मत गणना भर्खर शुरु भएका कारण केही ढिलाइ हुने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले बताएका छन् ।
नेतृत्व चयनका लागि भएको मतदानको मतगणना यतिबेला जारी रहेको छ । उक्त निर्बाचनको नतिजा ३ बजेसम्म आउने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानाकारी दिइसकेका छन् । उक्त नतिजापछि पदाधिकारी र सदस्यहरूलाई सपथ ग्रहण गराइने तयारी भइरहेको छ ।


अहिले विभिन्न विद्युतीय मेसिनबाट तथ्यांक संकलन सुरु भइरहेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको हो । विद्युतीय मेसिनका प्राविधिकहरुका अनुसार अबको अढाई घण्टाभित्र मतपरिमाण आउने सक्ने सुब्बाले मातृभुमीलाई जानाकारी दिएका छन् ।