कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

होमल्याण्ड खबर

२०७८ मंसिर १५ गते, बुधबार ११:५४ मा प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन । प्रदेशसभाको मंगलबारको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए ।

मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपस्थित नभएपछि मत विभाजन भने आज मात्रै गर्न लागिएको हो। एमालले चितवनमा जारी पार्टीको दशौं महाधिवेशनलाई कारण देखाउँदै मंगलबारको प्रदेश सभामा सहभागी भएको थिएन। आज विश्वासको मत लिँदा मुख्यमन्त्री शाहीले प्रष्ट बहुमत पाउने देखिएको छ ।

यसैबीच, कर्णली प्रदेश मन्त्री परिषद्मा एक जना मन्त्री थप गरिएको छ । मुख्यमन्त्री शाहीले माओवादी केन्द्रका विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन ।