३० फाल्गुन २०८२, शनिबार
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति एवम् शेरबहादुर देउवाले सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन। पार्टीको १४औं महाधिवेशनमा सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने उनले बताएका हुन। बिहीबार काठमाडौंमा सहमहामन्त्री महामन्त्री डा। प्रकाशहरण महतले लेखेको पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता नराख्न आह्वान गरेका छन।
‘हामी भरसक सहमतिको आधारमा अगाडि जान्छौं। केही लागेन भने प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा पनि होला। प्रतिस्पर्धामा जितहार हुन्छ। हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने। यसलाई सामान्य प्रक्रियालाई लिएर कुनै पनि प्रकारको कटुता, मनोमालिन्य, असहिष्णुता नआओस्,’ देउवाले भने।


महाधिवेशनमा भाग लिन उत्साहपूर्वक काठमाडौं आएका नेता-कार्यकर्ताहरू उस्तै उत्साह बोेकेर जिल्ला फर्किने र आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने कार्यमा लाग्न सभापति देउवाले आह्वान गरेका छन।
कार्यक्रममा प्रधानमन्त्री देउवाले कांग्रेस सहमहामन्त्री डा. प्रकाश शरण महतले लेखेको ‘नेपाली कांग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक विमोचन गरेका छन। यो पुस्तक डा। महतले नेपाली त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययन गर्दा लेखेको शोधपत्रको संशोधित रुप हो।