म जहाँ उभिन्छु त्याहिँबाट पार्टीमा एकताको अभियान सुरु हुन्छ : कांग्रेस नेता सिटौला

होमल्याण्ड खबर

२०७८ मंसिर २३ गते, बिहीबार १७:०६ मा प्रकाशित

 नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफू उभिएको ठाउँबाटै पार्टी एकताको अभियान सुरु हुने बताएका छन् । बिहीबार आफ्नो पक्षका महाधिवेशन प्रतिनिधिहरुलाई सम्बोधन गर्दै नेता सिटौलाले उक्त अभिब्यक्ति दिएका हुन् ।

’‘म जहाँ उभिन्छु त्याहिँबाट पार्टीमा एकताको अभियान शुरु हुन्छ । मेरो आफ्नोभन्दा पनि मसँग जोडिएका साथीहरुको संरक्षण मेरो प्राथमिकता हो, ’ उनले भने । त्यस्तै, उनले आफ्नो चुनावी रणनीति पर्सि मात्र सार्वजनिक गर्ने बताएका छन् ।

कांग्रेसको १४औं महाधिवेशन भोलि शुक्रबार शुरु हुँदै छ भने पर्सि उम्मेदवारी दर्ताको कार्यतालिका छ । तेस्रो धार दाबी गर्दै आएका सिटौला पनि सभापतिका आकांक्षी हुन्, तर उम्मेदवारी दिने नदिने निर्णयमा पुगिसकेका छैनन् ।