३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी मनोनयन फिर्ता लिने समय डेढ घण्टा लम्बाएको छ । यसअघि सार्वजनिक गरिएको कार्यतालिका अनुसार आइतबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था गरिएकोमा डेढ घण्टा समय थपेर १२:३० बजेसम्म पुर्याइएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म २ जनाले मात्र उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएका हुन् । आफ्नो असहमतीमा नै उम्मेदवारी दर्ता गराइएको भन्दै नेता मीन विश्वकर्माले पनि उम्मेदवारी फिर्ता गरेका छन् ।


आइतबार बिहान नेता विश्वकर्माले फिर्ताका लागि निर्वाचन समितिमा निवेदन दिएका थिए । सभापति शेरबहादुर देउवाको प्यालनबाट पदाधिकारीमा उम्मेदवारी दिन लागेका विश्वकर्मा सो टिममा अटाएका थिएनन् ।