नेपालको १२ ओभरमा ३ विकेटको क्षतिमा ५२ रन, सुवास आउट

होमल्याण्ड खबर

२०७५ श्रावण १८ गते, शुक्रबार १५:५२ मा प्रकाशित

नेपालले एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध १२ ओभरमा ५२ रन बनाएको छ । नेपालका लागि तेस्रो विकेट पतन भएको हो ।
तेस्रो विकेटको रुपमा ओपनर सुवास खकुरेल १९ रनमा आउट भए । उनले ३३ बलको सामना गर्दै ३ चौका प्रहार गरेर १९ रन बनाएका थिए । अहिले क्रिजमा कप्तान पारस ५ र दीपेन्द्रसिंह ऐरी ५ रनमा खेलिरहेका छन् ।
यसअघि ज्ञानेन्द्र मल्ल १३ र अनिल कुमार शाह ४ रनमा आउट भएका थिए ।
नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको हो । सिरिजको पहिलो खेलमा नै नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले बराबरी बनाउनका लागि पनि यो खेल जित्नै पनि दबाब छ । ऐतिहासिक पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो ।