माघ १ गतेदेखि उपत्यकामा ट्याक्सीको भाडा बढ्यो

होमल्याण्ड खबर

२०७८ पुष २५ गते, आईतवार ११:३१ मा प्रकाशित

काठमाडौँ उपत्यकामा चल्ने ट्याक्सीको भाडा बृद्धि हुने भएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले माघ १ गतेदेखि लागु हुनेगरी भाडादर बढाएको हो ।

मन्त्रालयको पुस २० गते बसेको मन्त्रिस्तरीय निर्णयअनुसार ट्याक्सी सेवा प्रदायकले सर्तहरु पालना गर्ने गरी ‘भाडा निर्धारण÷समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली, २०७८’ बमोजिम भाडादर समायोजन तथा निर्धारण गरेको हो ।

नयाँ मूल्य अनुसार पहिलो १ किलोमिटरसम्मको यात्राको शुरु फ्लाग डाउन ६० रुपैयाँ कायम गरेको छ। त्यस्तै, सो १ किलोमिटरपश्चात प्रति २०० मिटरको ९ रुपैयाँ ८० पैसाको दरले थप हुने गरी कायम गरिएको छ ।

ट्याक्सीहरु पुर्णरुपमा मिटर प्रयोग गर्र्नुपर्ने र मिटरमा नै हिड्न पर्ने, ट्याक्सीमा सेवाग्राहीको सामान सुरक्षित रुपमा नजिकैको प्रहरीलाई सुचना दिने लगायतका केही ट्याक्सी सेवा प्रदायकले नियम पालना गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ ।