चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्यमा पुग्न चुनौती छ : गभर्नर अधिकारी

होमल्याण्ड खबर

२०७८ पुष २५ गते, आईतवार १३:२१ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्यमा पुग्न चुनौती देखिएको बताएका छन् ।

आइतबार लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै उनले यो वर्ष तोकिएको सात प्रतिशतको नजिक पुग्न समेत चुनौती थपिएको बताएका हुन् ।
खासगरी धान उत्पादनमा आएको कमी र सेवा क्षेत्रमा निरन्तर परिरहेको कोरोनाको प्रभावले यस्तो चुनौती थपिएको उनको भनाइ छ ।

मूल्यवृद्धिलाई चालु आर्थिक वर्षमा ६।५ प्रतिशत भित्र राख्ने लक्ष्य कायम राख्न समेत चुनौती थपिएको उनले बताए । यसमा आन्तरिक तथा बाह्य दुबै कारण रहेको उनले बताए ।