भोलिदेखि सवारी साधनको भाडा बढ्यो

होमल्याण्ड खबर

२०७९ जेष्ठ ३ गते, मंगलवार १९:५१ मा प्रकाशित

सरकारले सार्वजनिक सवारीको भाडा वृद्धि गर्ने भएको छ । बुधबारदेखि लागू हुने गरी न्यूनतम भाडाको ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्म भाडा वृद्धि गर्ने भएको हो ।

यातायात व्यवस्था विभागका अनुसार साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहकतर्फ ३.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि गरिएको हो ।

विभागले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले सवारी साधनको भाडा समायोजन गरेको जनाएको छ । नेपाल आयत निगमले चुनावको भोलिपल्टै डिजेल, पेट्रोल र मट्टितेलमा समान प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको थियो ।