९ मंसिर २०८१, आईतवार
एसिया कप छनोटको दोस्रो खेलमा नेपालले अहिले युएईसंग प्रतिस्पर्धा गरिरहेको छ । किनरारा ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजपछि ब्याटिङमा आएको युएईले दुई ब्याटसम्यानलाई लगातार गुमाएको छ ।
उत्कृष्ट सुरुवात गरेको युएईलाई दबाबमा राख्न नेपालका दुई स्पिनरले काम गरेका छन् । बसन्त रेग्मी र सन्दिप लामिछानेले समान एक एक विकेट झारेका छन् । असर्फ अहमेदलाई अर्धशतक बनाउन रोक्न बसन्त रेग्मीले बोल्ड गरे ।
रोहन मुस्ताफालाई सन्दिपले पारस खड्काको हातबाट क्याच गराए ।
१५ ओभरको समाप्तिमा युएईले २ विकेट गुमाएर ७२ रन बनाएको छ ।