९ मंसिर २०८१, आईतवार
एसिया कप छनोट अन्तर्गत युएईविरुद्धको खेलमा सोमपाल कामीले नेपालका लागि पाँचौ विकेट लिएका छन् ।
उच्च योगफलतर्फ अघि बढेको युएईलाई दबाबमा राख्दै सोमपालले मोहमद उसमानलाई विनोद भण्डारीबाट क्याच गराएका छन् । उसमानले १३ रन बनाए ।
यसअघि बसन्त रेग्मीले रामेज साहजादलाई ३५ रनमा एलबीडब्लु आउट गरे । सन्दिप लामिछानेले समेत साईमान अनवारलाई ३ रनमा पारसको हातबाट क्याच गराएका थिए । उनै सन्दिपले रोहन मुस्ताफालाई पारसको हातबाट क्याच आउट गराएका थिए ।
बसन्त रेग्मीले ओपनर मोहमद अहमेदलाई ३५ रनमा बोल्ड गर्दै सुरुवाती ७० रनको साझेदारीलाई तोकेका थिए ।
३५ ओभरको समाप्तिमा युएईले ५ विकेट गुमाएर १ सय ६८ रन बनाएको छ ।