९ मंसिर २०८१, आईतवार
एसिया कप छनोट अन्तर्गत युएईविरुद्धको खेलमा नेपाललाई छैटौ सफलता हात लागेको छ ।
युएईका ओपनर चिराग सुरी ६५ रन बनाएर आउट भएका छन् । सुरुवातदेखि युएईको इनिङ्समा जमेका चिरागलाई दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका छन् ।
यसअघि नेपालकालागि सोमपाल कामीले पाँचौ विकेट लिएका थिए ।
उच्च योगफलतर्फ अघि बढेको युएईलाई दबाबमा राख्दै सोमपालले मोहमद उसमानलाई विनोद भण्डारीबाट क्याच गराएका थिए । उसमानले १३ रन बनाए ।
यसअघि बसन्त रेग्मीले रामेज साहजादलाई ३५ रनमा एलबीडब्लु आउट गरे । सन्दिप लामिछानेले समेत साईमान अनवारलाई ३ रनमा पारसको हातबाट क्याच गराएका थिए । उनै सन्दिपले रोहन मुस्ताफालाई पारसको हातबाट क्याच आउट गराएका थिए ।
बसन्त रेग्मीले ओपनर मोहमद अहमेदलाई ३५ रनमा बोल्ड गर्दै सुरुवाती ७० रनको साझेदारीलाई तोकेका थिए ।
योसंगै १० ओभरको खेलबाँकी रहदाँ युएईले ६ विकेट गुमाएर १ सय ९० रन बनाएको छ ।