९ मंसिर २०८१, आईतवार
मलेसियामा जारी एसिया कप क्रिकेटको छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहिबार भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स युएईसंग ७८ रनले पराजित भएको हो ।
किनरारा ओभलमा युएईले दिएको २५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४८ ओभर ५ बलमा अलआउट हुँदै १७६ रनमा समेटियो ।
नेपालका लागि सुवास खकुरेलले अर्धशतक बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले निर्धारित ओभारमा ९ विकेट गुमाएर २५४ रन बनाएको थियो ।
अदनाम मुफ्तीले नटआउट ५७ रन र ओपनर चिराग सुरीको ६५ रन बनाएपछि युएईले नेपालसामु उच्च स्कोरको लक्ष्य प्रस्तुत गरेको हो ।
तल्लो क्रमका ब्याट्सम्यान अदनानले ४६ बलमा ५७ रन बनाएर युएईलाई बलियो स्थितीमा पु¥याए ।
यसअघि युएईको इनिङ्स समाल्ने क्रममा ओपनर चिरागले ६५ रनको योगदान गरे ।
उनले पहिलो विकेटकालागि ओपनर मोहमद अहमदसंग ७० रनको साझेदारी गरेका थिए ।
त्यस्तै, रामेज साहजादले ३५ रनको योगदान गरेका थिए ।
नेपालका सन्दिप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र बसन्त रेग्मीले समान २\२ विकेट लिए ।
यो हारसंगै एसिया कपमा छनोट हुने नेपालको सम्भावना कमजोर बनेको छ । छनोटको शीर्ष दुईमा रहेर फाइनल पुग्ने टोलीमध्ये विजेता टोलीले एसिया कपमा स्थान बनाउने छन् ।