टेलिकमका प्रमोसनल अफरको समय तीन महिना थप

होमल्याण्ड खबर

२०७४ कार्तिक २३ गते, बिहीबार ०५:५४ मा प्रकाशित

नेपाल टेलिकमले प्रमोसनल अफरहरूलाई तीन महिनाका लागि समय थप गरेको छ । कम्पनीले डाटा, भ्वाइस तथा सियुजी प्याकेज, वाउटाइम, फेसबुक इस्टाग्राम लगायतका विभिन्न सेवामा छुट अफरको समय  बढाएको हो । कम्पनीले प्रमोसनल अफर माघ २४ गतेसम्म कायम रहने जनाएको छ । कम्पनीले अल टाइम डाटा प्याकेजअन्तर्गत  १० रुपैयाँमा तीन दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी २० एमबी डाटा उपलब्ध गराएको छ । अल टाइम डाटा प्याकेजअन्तर्गत त्यसैगरी २५ रुपैयाँमा सात दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ । ५० रुपैयाँमा १५ दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी १२५ एमबी डाटा, १ सय रुपैयाँमा ३० दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी ४०० एमबी डाटा, २०० रुपैयाँमा ३० दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी ८५० एमबी डाटा र ३०० रुपैयाँमा ३० दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी १५०० एमबी डाटा उपलब्ध गराइएको छ । नाइट डाटा प्याकेज अन्तर्गत १५ रुपैयाँमा १५० एमबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ४५ रुपैयाँमा ५०० एमबी डाटा ७ दिनसम्म र ९० रुपैयाँमा १२०० एमबी डाटा १५ दिनसम्म चलाउन पाइनेछ । नाइट भ्वाइस प्याकअन्तर्गत २५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म २५० मिनेट कल सुविधा सात दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराइएको छ ।
कम्पनीले पहिलेदेखि नै उपलब्ध गराउँदै आएको सियुजी प्याकेजलाई पनि निरन्तरता दिएको छ । कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी करसहित ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सियुजी प्याकेजहरू उपलब्ध गराइएको छ । सबैभन्दा सस्तो प्याकेज ४०० रुपैयाँमा उपलब्ध हुनेछ । यसअन्तर्गत सियुजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइनेछ । त्यसैगरी ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिनेछ । यो बाहेक १००० रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र १५०० एमबी डाटा चलाउन, १३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र २१०० एमबी डाटा चलाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र २७०० एमबी डाटा चलाउन पाइनेछ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरू बीचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ । फेसबुक÷इन्स्टाग्राम डाटा प्याकअन्तर्गत २५ रुपैयाँमा ११० एमबी डाटा ७ दिन र ५० रुपैयाँमा २३० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी १०० रुपैयाँमा ५०० एमबी डाटा र २०० रुपैयाँमा ११०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ । यि लगायत अन्य भ्वाइस तथा फेसबुक इस्टाग्राम तथा वाउटाइममा पनि कम्पनीले अफर लम्बाएको छ ।