९ मंसिर २०८१, आईतवार
घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेष्ट क्रिकेट सिरिज एक खेल अगाबै जितेको छ । आइतबार चौथो टेष्टमा भारतमाथि ६० रनको जित निकाल्दै इंग्ल्यान्डले सिरिज आफ्नो बनाएको हो ।
साउथह्याम्पटनमा घरेलु टोलीले दिएको २४५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारत अन्तिम दिन आइतबार अलआउट हुँदै १८४ रनमा समेटियो ।
जितसंगै इंग्ल्यान्डले भारतसंगको सिरिज एक खेल बाँकी रहदै ३ – १ ले जितेको हो । अब दुई टोलीबीचको अन्तिम तथा पाँचौ टेष्ट शनिबार सुरु हुनेछ ।
इंग्ल्यान्डले दिएको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतका लागि कप्तान विराट कोहलीले ५८ रन जोडेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस्तै भारतका अजिन्का राहनेले ५१ रन जोडे ।
इंग्ल्यान्डका मोइन अलीले ४ विकेट लिदा भारतका ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । त्यस्तै इंग्ल्यान्डका बेन स्ट्रोक्स र जेम्स एन्डरसनले समान २/२ विकेट हात पारे ।
यसअघि पहिलो इनिङसमा भारतलाई २७३ रनमा अलआउट गर्दै आफ्नो दोस्रो इनिङस सुरु गरेको इंग्ल्यान्ड २७१ रनमा अलआउट भएको थियो । इंग्ल्यान्डको लागि जोस बट्लरले ६९ रनको अर्धशतकीय पारी खेले ।
यस्तै कप्तान जोए रुटले ४८ रन जोड्दा स्यामुएल कुरनले ४६ रन बनाए । भारतका मोहमद शामीले ४ विकेट हात पारे । एजेन्सी ।