९ मंसिर २०८१, आईतवार
एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट क्लब काठमाडौं किङसले नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान विनोद दासलाई क्रिकेट डिरेक्टरमा नियुक्त गरेको छ ।
काठमाडौंले आगामी मंसिरमा आयोजना हुने इपीएल क्रिकेटको लागि यू -१९ क्रिकेट टोलीका मुख्य प्रशिक्षक दासलाई क्रिकेट डिरेक्टरमा नियुक्त गरेको हो ।
‘विनोद दास लिजेण्ड खेलाडी हुन् । उनको उपस्थितिले खेलमा धेरै फरक पर्छ,’ काठमाडौंका सीईओ राज जंग थापाले भनेका छन्, ‘उनले क्रिकेट वातावरण निर्माण गर्नुका साथै खेलमा राम्रो नतिजाका प्रभाव बनाउन सक्नेछन् ।’
काठमाडौंको क्रिकेट डिरेक्टर बनेपछि प्रशिक्षक दासले काठमाडौं उत्कृष्ट फ्रेन्चचाइज टिम रहेको उल्लेख गर्दै टिमको विकास र टिम रणनीति तयार गर्ने बताए ।
इपीएल क्रिकेट मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगितामा ६ शहरका ६ टिमको सहभागिता रहनेछ ।
काठमाडौंले यसअघि इपीएलको लागि टेष्ट राष्ट्र जिम्बावेका अलराउन्डर सिकन्दर राजा, आयरल्याण्डका केभिन ओ ब्रुएन र युएईका कप्तान रोहन मुस्तफालाई भित्र्याईसकेको छ ।