घर बनाउने पैँसा नभएका पीडितलाई दशैँपछि सहुलियत कर्जा उपलब्ध गराउने

होमल्याण्ड खबर

२०७५ आश्विन २२ गते, सोमबार १०:२१ मा प्रकाशित

राष्ट्रिय पुर्निनमार्ण प्राधिकरणले आर्थिक अभावले घर बनाउन नसकेकालाई दशैपछि सहुलियत कर्जा उपलब्ध गराउन नयाँ कार्य्विधि कार्यान्वयनमा ल्याएको छ ।

आर्थिक समस्याले घर बनाउन नसकेका भुकम्पपिडितले ५ वर्षको लागि सहुलियत कर्जा प्राप्त होस भन्ने उद्धेश्यले ३ लाख रुपैयासम्म सहुलियत कर्जा उपलब्ध गराउन लागेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । यसअघि सरकारले सहुलियत व्याजदरमा ऋण तथा सामुहिक धितो वा धितो जमानीमा निव्र्याजी ऋण गरी दुई किसिमको ऋण उपलब्ध गराउने निति ल्याएको थियो ।
तर, भुकम्पपिडितले सहज रुपमा कर्जा पाउन नसकेपछि यो निति अनुसार ७ लाख भुकम्पपिडित मध्यै करीब १२ सयले मात्र यस्ता ऋण प्राप्त गरेका छन् । यो नितिमा भुकम्पपिडितको सहज पहुँच नभएपछि सरकारले यो निति खारेज गरेको छ ।

राष्ट्र बैंकले ग्रामिण भेगकाले १५ लाख र शहरी क्षेत्रकाले २५ लाख सहुलियत ब्याजदरमा ऋण प्राप्त गर्ने व्यवस्था गरेकोमा कार्तिक महिनादेखि यो सेवा प्राप्त गर्न सक्ने प्रावधान हटाइसकेको छ ।

नेपाल सरकारले ४ किसिमको कर्जा उपलब्ध गराउन गरेको मध्ये सहुलियत किसिमले ऋण उपलब्ध गराउनका लागि एक सहुलियत व्याजदरमा ऋण प्राप्त गर्न सक्ने गरी नया कार्र्यिबधी बनेको छ ।
सहुलियत कर्जा पाउनका लागि सामूहिक जमानीमा कुनै बैंक बाट लाभग्राहीले ऋण लिदा २ प्रतिशत व्याजदरमा लिन सक्छ । यसमा सरकारले ५ प्रतिशत अनुदान दिने प्राधिकरणका सहप्रबक्ता घिमिरेले जानकारी दिए । यदी वाणिज्य बैंकबाट कर्जा प्राप्त नभएमा लिखित रुपमा राष्ट बैंकमा वा पुर्न्निर्माण प्राधिकरणसंग समन्वय गरी उजुरी दिन सकिने घिमिरेले जानकारी दिए । हालसम्म आर्थिक अभावले भुकम्पपिडितले घर बनाउन नसकेको खण्डमा यो सेवा लिन सकिनेछ ।

आर्थिक अभावले हालसम्म घर सुरु गर्न नसकेका, लाभग्राही सुचिमा सुचिकृत भई अनुदान सम्झौता गरेकाहरुले यो व्याजदरमा ऋण पाउनेछ । यो सेवा दशैपछि नजिकको कुनै पनि बैंक वा वित्तीय सस्थाबाट प्राप्त गर्न सकिनेछ ।