९ मंसिर २०८१, आईतवार
आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ को अन्तिम खेलमा सिंगापुरले जितका लागि दिएको ८२ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
मलेसियाको बायुमास ओभलमा जवाफी ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ । नेपालले ओपनर अनिल कुमार साहलाई सुन्य रनमा गुमाएको छ । नेपालले पहिलो ओभर तेस्रो बलमा अनिललाई गुमाएको हो ।
क्रिजमा विनोद भण्डारी र कप्तान पारस खड्का रहेका छन् । खेल बर्षाको कारण रोकिएको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुर १७ ओभर ३ बलमा अलआउट हुँदै ८१ रन जोडेको थियो ।