९ मंसिर २०८१, आईतवार
एजेन्सी । रियल मड्रिडका प्रशिक्षक बर्खास्त रियल मड्रिडले प्रशिक्षक जुलेन लुपेटेगुईलाई बर्खास्त गरेको छ । क्लबमा अनुबन्धन भएको साढे ४ महिनामा क्लबले उनलाई बर्खास्त गरेको छ ।
स्पेनिस क्लबले जिनेदिन जिदानको स्थानान्तरण गर्दै लुपेटेगुईलाई प्रशिक्षकमा नियुक्त गरेको थियो । तर गत शनिबार राति एल क्लासिकोमा बार्सिलोनासंग ५–१ गोल अन्तरले पराजित भएसंगै रियल उनलाई बर्खास्त गर्ने निर्णयमा पुगेको हो । पछिल्ला ६ खेलमा उनको त्यो पाँचौ हार थियो ।
रियल मड्रिडले पछिल्ला तीन बर्षमा च्याम्पियन्स लिगको उपाधि जितेको छ । सन् २००१÷२ यता नौ पटक स्पेनिस लिगको उपाधि उचालेको छ । उनको स्थान अस्थायी रुपमा पुर्व खेलाडी तथा बी टिमका प्रशिक्षक स्यान्टियागो सोलारीले लिनेछन् ।
लुपेटेगुई सोमबाट प्रशिक्षणमा सहभागि भएका थिए । लगत्तै बसेको बोर्ड बैडकले उनको निर्णयमा निर्णय गरेको हो । रियल मड्रिड यतिबेला रेलिगेशन क्षेत्रबाट मात्र ६ अंकले माथि छ । र शीर्ष स्थानको बार्सिलोना भन्दा ७ अंकले पछाडी छ ।