८ मंसिर २०८१, शनिबार
नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानविन हुने बताएको छ । बुधबार अर्थ समितिको बैठकमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको शेयर खरिद बिक्रीको अंक र प्रक्रिया शंकास्पद भएकाले यस सम्बन्धमा छानबिन हुने बताएका हुन् ।
छलफलका क्रममा उनले एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि आजियटा र यूके स्पेक्ट्रलाइटबीच सहमति भएको जवाफ आफूहरुले पाएको र सो सहमतिको कागजातपत्र अध्ययनका लागि माग गरिएको उनले बताए ।
साथै उनले प्राधिकरणको स्वीकृति लिएपछि मूल्य र प्रक्रियागत विषय हेरेर मात्रै स्वीकृत दिइने भनेर आफूहरुले एनसेललाई पत्र पठाइसकेको पनि स्पष्ट पारे ।
यस प्रकरणमा प्रधानमन्त्री पुष्पकमल