९ मंसिर २०८१, आईतवार
महिला टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारत र अष्ट्रेलियाले लगातार दोस्रो जित दर्ता गरेका छन् । आइतबार भएको खेलमा भारतले पाकिस्तान र अष्ट्रेलियाले आयरल्याण्डलाई पराजित गरेको हो ।
भारतले लगातार दोस्रो जित निकाल्ने क्रममा पाकिस्तानलाई ७ विकेटले हराएको हो । पाकिस्तानले दिएको १३४ रनको लक्ष्य भारतले १९ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
भारतको जितमा मिथाली राजले ५६ रनको अर्धशतकीय इनिङस खेलिन् । यसअघि पाकिस्तानकी बिश्माह मारुफले ५३ रनको अर्धशतकीय इनिङस खेलेकी थिइन् ।
यस्तै अष्ट्रेलियाले आयरल्याण्डलाई ९ विकेटले हराएको हो । आयरल्याण्डले दिएको ९४ रनको लक्ष्य अष्ट्रेलियाले ९ ओभर १ बलमा पुरा गर्यो ।
जितसंगै समूह ‘बि’ मा अष्ट्रेलिया २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत २ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा छ ।
यस समूहमा पाकिस्तान, न्युजिल्यान्ड र आयरल्याण्डले अंक जोड्न सकेको छैन । एजेन्सी ।