निर्माण व्यवसायीहरुको अन्तर्रा्ष्ट्रिय संगठन ‘इफाप्का’को ४६औं सम्मेलन नेपालमा हुने

होमल्याण्ड खबर

२०७५ कार्तिक ३० गते, शुक्रबार ११:३९ मा प्रकाशित

मलेसियाको क्वालालामपुरमा भएको ‘इफाप्का’ को ४४ औं सम्मेलनबाट ४६औं सम्मेलन नेपालमा हुने भएको छ । ‘इफाप्का’ निर्माण उद्योगमा संलग्न एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको छाता संस्था हो । सम्मेलनमा नेपालबाट जम्बो टोली सहभागी भएको थियो ।

निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको उक्त प्रतिनिधिमण्डल यहि साता मलेसिया गएको थियो । सम्मेलनमा सहभागी भएपछि नेपाली प्रतिनिधिमण्डलले मलेसिया सहित सिंगापुर र इण्डोनेशियाको समेत भ्रमण गरी भौतिक पूर्वाधारको क्षेत्रमा ती राष्ट्रले हासिल गरेका उपलब्धीको स्थलगत अध्ययन अवलकोन गर्ने कार्यक्रम रहेको एफक्यान सूचना बोर्डले जानकारी दिएको छ ।

निर्माण व्यववसायीहरुको अन्तर्रा्ष्ट्रिय फोरम ‘इफाप्का’ को प्रथम उपाध्यक्ष र प्रस्तावित महासचिवको जिम्मेवारी नेपालले पाएको छ । प्रथम उपाध्यक्षमा निर्माण व्यवसायी रमेश शर्मा र प्रस्तावित महासचिवमा जयराम लामिछाने चयन भएका छन् ।

मलेसियाको क्वालालामपुरमा भएको ‘इफाप्का’ को ४४ औं सम्मेलनबाट नेपालले उक्त दुई जिम्मेवारी सहित कार्यसमिति सदस्यमा समेत निर्वा्चित भएको छ ।

दुवै बिल्डर्सहरु नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का पूर्वअध्यक्ष हुन् । नेपालको निर्माण उद्योगमा ‘प्रेस्टिजियस’ हैसियत भएका दुवै जना कन्स्ट्रक्सन उद्योगभित्र ‘बिग हाउस’का कन्ट्रेक्टर भित्र समेत पर्दछन् । हाल दुवैजना महासंघका सल्लाहकार समेत रहेका छन् ।

एफक्यानको नवनिर्वा्चित टिम जिताउन समेत अहं भूमिका खेलेका पूर्वअध्यक्षद्वय शर्मा तथा लामिछानेले पाएको यो जिम्मेवारी पछि आउने ४६ औं सम्मेलन भने नेपालमा हुने छ । कार्यसमिति सदस्यका रुपमा युवा निर्माण व्यवसायी वीरेन्द्रराज पाण्डे चयन भएका छन् । यस अघि उनी युवा निर्माण व्यवसायीहरुको संगठन वाइसिएनसीका अध्यक्ष समेत थिए । उनी एफक्यानका प्राविधिक सल्लाहकार समेत हुन् ।

अध्यक्ष सिंहले भावी नेपाल निर्माण व्यवसायीका लागि स्वर्णिम अवसरको रहेको बताएका थिए । अध्यक्ष सिंहले राजनीतिक स्थायित्वसँगै नेपाल आर्थिक समृद्धिको यात्रातर्फ उन्मुख भएको बताएका थिए । उनले भने ‘भौतिक पूर्वाधारकै बाटोबाट देश समृद्ध बन्ने हो’ ।