श्रीलंकाविरुद्धको टेष्ट सिरिज इंग्ल्यान्डको पोल्टामा

होमल्याण्ड खबर

२०७५ मंसिर २ गते, आईतवार १५:१६ मा प्रकाशित

घरेलु टोली श्रीलंकाविरुद्धको तीन खेलको टेष्ट क्रिकेट सिरिज इंग्ल्यान्डले एक खेल अगावै जितेको छ ।

केन्डीमा भएको दोस्रो टेष्ट क्रिकेटमा श्रीलंकालाई ७५ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज एक खेल अघि नै २ – ० ले आफ्नो बनाएको हो । दुई टोलीबीचको अन्तिम तथा तेस्रो टेष्ट शुक्रबार सुरु हुनेछ ।

इंग्ल्यान्डले दिएको ३०१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले दोस्रो इनिङसमा २४३ रनमा अलआउट भयो ।

इंग्ल्यान्डका बलर चम्किएपछि श्रीलंकाका ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । श्रीलंकाका एन्जेलो म्याथ्युजले ८८ तथा दिमुथ करुणारत्नेले ५७ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

श्रीलंकाको इनिङस ध्वस्त बनाउने क्रममा इंग्ल्यान्डका ज्याक लिचले ५ तथा मोइन अलीले ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङसमा अलआउट हुँदै २९० रन जोडेको थियो । पहिलो इनिङसमा इंग्ल्यान्डका साम कुरन जोश बटलरले अर्धशतकीय इनिङस खेलेका थिए । कुरनले ६४ रन जोड्दा बटलरले ६३ रन बनाए ।

यस्तै पहिलो इनिङमा श्रीलंकाले अलआउट हुँदै ३३६ रन जोडेको थियो । श्रीलंकाका रोशेन सिल्भाले ८५ रनको योगदान गर्दा धनन्जय डी सिल्भाले ५९ रन जोडेका थिए ।

श्रीलंकालाई पहिलो इनिङसमा अलआउट गर्दै दोस्रो इनिङ थालेको इंग्ल्यान्डले ३४६ रन जोड्दै घरेलु टोलीलाई ३०१ रनको लक्ष्य दिएको थियो ।

दोस्रो इनिङसमा इंग्ल्यान्डका कप्तान जोय रुट्सले शतकीय इनिङस खेलेका थिए । उनले १२४ रनको योगदान दिएका थिए । यस्तै बेन्जामिन थोमसले अविजित ६५ रन बनाए । श्रीलंकाका अकिला धनन्जयले ६ विकेट लिएका थिए । एजेन्सी ।