१ मंसिर २०८१, शनिबार
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आउँदो जेठ २८ गते मात्रै विश्वासको मत लिने भएको छन् ।
आज विश्वासको मत लिने तयारी रहेकोमा मुख्यमन्त्री यादवले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै जेठ २८ गते विश्वासको मत लिने जानकारी प्रदेश सभामा गराएका हुन् । वैशाख ३० गते एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण उनले जेठ ३० गतेसम्म विश्वासको मत लिनुपर्नेछ ।
मुख्यमन्त्री यादवले १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् । उनी २०७९ साल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।