बन्दीपुर केवलकार भोलिबाट सञ्चालनमा आउने

होमल्याण्ड खबर

२०८१ जेष्ठ ३० गते, बुधबार १२:५५ मा प्रकाशित

पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटकले अब केबलबारबाट सहजै यात्रा गर्न पाउने भएका छन् । निर्माण केवलकारले भोली बिहीबारदेखि व्यवसायिक रुपमा सञ्चालन आउने भएपछि पर्यटकले केवलकारमा यात्रा गर्न पाउने भएका हुन् ।

अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परिक्षण प्रमाणपत्र टियुभी सर्टिफिकेट प्राप्त भएकोले व्यवसायिक रुपमा जेठ ३१ गतेबाट सञ्चालनमा आउने कार्यकारी अधिकृत किरण पोख्रेलले बताउनुभयो । पोख्रेलले भन्नुभयो, वैशाख १ गते शुभ मुहर्त तथा वास्तु पूजा गरि आंशिक रुपमा सञ्चालनमा ल्याएका थियौं जेठ ३१ बाट व्यवसायिक रुपमा सुचारु गर्ने भएका छौं ।

टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड ईन्डियाले परियोजनाको सुपरिवेक्षण गरि सर्टिफिकेट प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार करिब एक वर्ष अघिदेखि नै केवलकारको सम्पूर्ण मेकानिकल सामाग्रीहरुको जडान गरि लोड परिक्षण भइरहेको थियो । तीन चरणमा परिक्षणकाल सकिएपछि कम्पनीलाई व्यवसायिक अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो र “कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पुर्ण तयारी पछि मात्रै केवलकार खुल्ला गरिएको हो ।

केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सक्ने भएको पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास कम्पनीले लिएको छ । बन्दीपुर गाउँपालिका-४ को डुम्रे बजार नजिकै केबलकारचोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार केबलकारको ३१ मध्ये मध्ये २१ वटा यात्रु बोक्ने डिब्बा छ । प्रति घण्टा ५ सय जना यात्री बोक्न सक्ने क्षमता रहेको यस केवलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजे देखि राती ११ बजे सम्म चल्नेछ ।