प्रतिनिधिसभाको बैठक बस्दै

होमल्याण्ड खबर

२०८१ असार ५ गते, मंगलवार १०:२८ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ। संसद् सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित संसद भवनमा आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो। बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल जारी रहने कार्यसूचीमा उल्लेख छ।

सम्भावित कार्यसूची अनुसार आज गृह मन्त्रालय,परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

विधेयकमाथि मन्त्रीहरुले जवाफ दिनुअगाडि संशोधन प्रस्ताव राखेका सांसदहरुले खर्च कटौतीको प्रस्ताव राख्नेछन्।