१ मंसिर २०८१, शनिबार
संघीय संसद् भवनभित्र एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिएका छन् । संसद् भवनको सुरक्षार्थ खटिँदै आएका अजित गोले बुधबार मृत भेटिएका हुन् ।
गोले बिहान ६ बजेट ड्युटीमा बसेका थिए । उनले बिहान ८ बजे गोली चलाएको बताइएको छ ।
दोलखाको मेलुङ गाउँपालिका ४ का गोलेको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।