१ मंसिर २०८१, शनिबार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल महाधिवेशनमा आउन एमालेका अध्यक्ष केपी ओलीलाई लगातार १० पटक फोन गर्दा पनि नलागेको बताएका छन् ।
आफ्नो पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले तीन वर्षको घाउ आलो भएकै कारणले नआएको हुनसक्ने अनुमान लगाए ।
उनले भने, ‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन । उहाँका पीएहरुलाई, म्यासेज पनि पठाएको छु, पाएको पनि सूुचना पाएको छु । ३ वर्षको घाउ आलो भएर नआउनु भएको होला । राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन ।’
उनले राप्रपालाई पनि बोलाएको भए पनि नआएको बताए ।