१ मंसिर २०८१, शनिबार
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै ठगीको अवधि सकिएको बताएका छन् ।
उनले पटक पटक सत्ता समिकरण फेर्दै सरकारमा बसीरहनेहरुको म्याद सकिएको टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै भट्टराईले भनेका छन् – ‘चर्चित भनाइ छ – केहीलाई सधैंभरी ठग्न सकिन्छ । सबैलाई केहीबेर ठग्न सकिन्छस तर सबैलाई सधैंभरी ठग्न सकिन्न ।’ सन्दर्भ बुझौं
लामो समय प्रचण्डका सहयात्री बनेका भट्टराईले पटक पटक प्रचण्डबाट धोका पाएको सन्दर्भलाई सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।
उनै भट्टराईले गत चुनावमा प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र दिएर जिताएका थिए ।