प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

होमल्याण्ड खबर

२०८१ असार २२ गते, शुक्रबार १५:४१ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् ।

नेकपा एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्रीले
संघीय संसद सचिवालयमा पत्राचार गर्दै असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतको प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गरेका छन् ।

कांग्रेससँगको सत्ता सहकार्यको सहमतिसँगै नेकपा एमाले सरकारबाट बाहिरिसकेको छ । सरकारमा सहभागी दलहरूमध्ये कुनै दलले आफ्नो समर्थन फिर्ता लिँदा संविधानको धारा १०० को उपधारा २ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।