नेकपा एसको केन्द्रीय कमिटीबाट किन हटाइए प्रेम आले ?

होमल्याण्ड खबर

२०८१ असार २२ गते, शुक्रबार १६:२५ मा प्रकाशित

नेकपा एसको महाधिवेशन बंक गरेका प्रेम आले केन्द्रीय कमिटीबाट हटाइएको छ। महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय सदस्य घोषणा गर्दा प्रेम आले अटाएका छैनन्।

डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद रहेका आले पार्टीको १० औँ महाधिवेशनमा पनि सहभागी भएनन्। महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अरू पदाधिकारी पनि चयन भएको छैन।

बाँकी १० दिनभित्र टुंग्याउने तयारी छ। पार्टी नेतृत्वसँग असन्तुष्ट रहेका आलेलाई केन्द्रीय सदस्यमा नराखिएको हो।

नेकपा एसको आज ९३ जनाको नाम घोषणा गरे पनि २९९ सदस्यीय कमिटी बनाउनेछ।

निवर्तमान केन्द्रीय सचिवालयको बैठकले साबिक पोलिटब्युरो कमिटीमा रहेकाहरूलाई केन्द्रीय सदस्य घोषणा गरेको हो। यसअघि आले पोलिटब्युरो सदस्य थिए।

साबिक पोलिटव्युरो र स्थायी कमिटीमा रहेका  रामजी शर्मा,गोविन्द कोइराला,गौरा प्रसाई कोइराला,सारदा सुवेदी,कृष्ण प्रसाद सापकोटा,प्रेमनारायण पौडेल र हर्कमान तामाङ पनि बिदा भएका छन् ।