१ मंसिर २०८१, शनिबार
पार्टीको जिम्मेवारीबाट हटाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. मुकुल ढकालले आफू सभापति रवि लामिछानेको क्लबबाटमात्रै निष्काशित भएको प्रतिक्रिया दिएका छन् ।
मंगलबार पार्टीले महामन्त्री र प्रवक्ताबाट निस्कासित गरेपछि सामाजिक संजालमार्फत प्रतिक्रिया दिँदै ढकालले आफू रविको क्लबबाट मात्रै निस्कासनमा परेको बताएका हुन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न भने नरोकिने पनि बताएका छन् । उनले भनेका छन्, ‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ….।’
मंगलबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो ।