१ मंसिर २०८१, शनिबार
रास्वपाका निलम्वीत महामन्त्री मुकुल ढकालले समिक्षा यात्रा पछि आफूले सभापति रवि लामिछानेसँगको सहमतिमै मिडियामा बोलेको बताएका छन् । सभापति लामिछानेले आफूलाई सरकाविरुद्ध नबोल्दै भनेपछि आफू नबोलेको पनि स्पष्ट पारे ।
बुधबार पत्रकार सम्मेलन गर्दै उनले ज्वाला संग्रौला र रमेश प्रसाईं लगाएर रवि लामिछानेले ‘मुकुल ढकाल मेरो विरुद्ध छ’ भन्ने भाष्य निर्माण गरेको जानकारी दिए ।
“मैले बोलेको कुरा सभापतिको अनुमति र सहमतिमा बोलेको हो । सरकारको विषयमा नबोल्देउ भनेपछि मैले त्यो कुरा बोलिन । तर, बोलेको कुरा समझदारीमा बोलेको हो सोधेर बोलेको हो,” उनले भने, “मैले पार्टी सभापति रवि लामिछानेको विरुद्ध बोलेको छैन । पार्टी जोगाउनु पर्छ भनेको हो । उहाँले ज्वाला संग्रोैला र रमेश प्रसाईलाई परिचालित गरेर , मुकुल ढकाल रवि लामिछानेको विरुद्धमा गयो भनेर भाष्य सेट गर्नुभयो ।”
उनले आफूले कालो टेप लगाएर बैठकमा प्रस्तुत हुनु गलत भएको भए त्यसको भागिदार हुने बताए । तर, महामन्त्रीले कालो टेप लगाएर बैठकमा उपस्थित हुँदा बैठक स्थगित गरेर वार्ता गर्ने प्रयास रवि लामिछानेले नगरेको बताए ।
“मैले उहाँ सँग पटक पटक कुरा गर्न चाहे । तर कुरा गर्न चाहानु भएन । तपाइलाई प्रचण्ड ओली देउवाको घर जान मिल्छ भने भाइ वा महामन्त्री मान्ने भए वार्ता गर्न आउन मिल्छ । तर, उहाँ आउनु भएन,” उनले भने ।
पार्सपोर्ट र सहकारीको विषयमा रवि लामिछानेमाथी छानबिन गर्न पार्टीले समिति गठन गर्नुपर्ने समेत उनले बताए ।