जब अनुसन्धानको सुइँ कसैको ढोका पुगेपछि संविधानको याद आयोः गृहमन्त्री

होमल्याण्ड खबर

२०८१ असार २९ गते, शुक्रबार १५:१८ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले अनुसन्धान सुरु भएपछि नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच सहमति भएको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै लामिछानले यस्तो बताएका हुन् । गृहमन्त्रीसमेत रहेका उनले भने, “जब अनुसन्धानको सुइँ कसैको ढोका ढक्ढक्याउन पुग्यो, त्यसपछि एकाएक संविधानको याद कसरी आयो ?”

उनले संविधान जोगाउने नाममा कसैलाई जोगाउन संसद्का दुई ठूला दलबीच सहमति भएको आरोप लगाए । उनले प्रश्न सोधे, “संविधान जोगाउने नाममा कसलाई जोगाउन सहमति भयो रु न देशलाई थाहा छ, न जनतालाई, न सहमतिकर्ता दलका सांसदहरूलाई नै ।”

उनले कांग्रेस(एमालेबीच भएको भनिएको ‘राष्ट्रिय सहमति’ले राष्ट्रिय शब्दको मानमर्दन भएकोसमेत टिप्पणी गरे । “राति(राति कुनै व्यापारीको घरमा भएको सहमतिलाई राष्ट्रिय सहमति भन्ने हो रु राष्ट्रिय सहमतिको मानमर्दन भयो,” उनले भने ।