१ मंसिर २०८१, शनिबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विश्वास गुमाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा राखिएको विश्वासको मतको पक्षमा ६३ मत परेको थियो । विपक्षमा १९४ मत परेको थियो भने एकजना सांसद तटस्थ बसे । प्रतिनिधिसभामा विश्वासको मत पाउनका लागि १६८ मतको आवश्यकता पर्छ ।
सो मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । १८ महिनाको अवधिमा उनले पाँचौंपटक विश्वासको मत लिए । अब नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नेछन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले असार १७ गते सत्ता सहकार्यको सहमति गरेका थिए । जसअनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने नेताहरु बताउँछन् ।