१ मंसिर २०८१, शनिबार
चौथो पटक प्रधानमन्त्रीको शपथ लिएका केपी शर्मा ओली नेतृत्वको सरकारमा १० नयाँ अनुहार अटाएका छन् । प्रधानमन्त्री ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल धेरै पटक दोहोरिए पनि यसपटक मन्त्रीमा नयाँलाई पनि उल्लेख्य अवसर दिइएको छ ।
२२ सदस्यीय मन्त्रिपरिषद्मा १२ पुराना हुँदा १० जनाले अवसर पाएका हुन् । यसपटक ओली नेतृत्वको सरकारमा एमालेले भन्दा कांग्रेसले धेरै नयाँ मन्त्री पठाएको छ । कांग्रेसले ६ जनालाई पहिलो पटक अवसर दिँदा एमालेले चारजना नयाँलाई पठाएको छ ।
कांग्रेसबाट परराष्ट्र आरजु राणा, पर्यटन बद्री पाण्डे, स्वास्थ्य प्रदीप पौडेल, कृषि रामनाथ अधिकारी, वन ऐनबहादुर शाही, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको सरकारमा पहिलो इन्ट्री हो ।
यस्तै, एमालेबाट सरकारमा गएका मानवीर राई रक्षा, विद्या भट्टराई शिक्षा, देवेन्द्र दाहाल भौतिक र राजकुमार गुप्ता संघीय मामिला गरी ४ जना नयाँ मन्त्री पठाएको छ ।
जसपा र लोसपाका भने दोहोरिएका छन् ।