१ मंसिर २०८१, शनिबार
नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिइसकेपछि उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै उनले आफू गृहमन्त्री रहँदासम्म इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाए।
देशमा विधिको शासन, शान्ति व्यवस्था, अपराध नियन्त्रण गर्ने कुरामा आफ्नो प्राथमिकता रहने उनले उल्लेख गरे।
उनी नेपाली कांग्रेसबाट कञ्चनपुर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।