१ मंसिर २०८१, शनिबार
नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी पदभार ग्रहण नगरी फर्किएका छन् । सोमबार पद तथा गोपनीयताको शपथग्रहणसँगै मन्त्रालयमा पुगेका उनले कर्मचारीको आन्दालेनका कारण पदभार ग्रहण गर्न नपाएका हुन् ।
चारबुँदे मागसहित कृषितर्फका प्राविधिक कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।
उनले सो क्रममा मन्त्रालयमा कार्यरत आन्दोलित राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिकहरूको समस्या समाधान चाँडै समाधान गर्ने बताएका छन् ।
उनले सो बारेमा गहन अध्ययन गर्ने र त्यसका लागि समय माग गरे । आफूले पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्ने बताए । “अहिले क्याबिनेट बस्दै छ । तपाईंहरूका समस्याहरू मैले सुनेँ । तर, यसलाई राम्रो ढंगबाट अध्ययन गरेर निर्णय लिनेछु । पहिलो प्राथमिकतामा राखेर अध्ययन गर्नेछु । केही समय दिनुस्, समस्याको समाधान गर्न म तयार छु । समय दिनुस्, साथमा म रहनेछु,” उनले भने ।
उनले समस्या समाधानका लागि आफू तयार रहेको बताए ।