१ मंसिर २०८१, शनिबार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीविरुद्ध अनेकौं किसिमको षड्यन्त्र भइरहेको जिकिर गरेका छन् ।
नेपालले भने, ‘राष्ट्रिय राजनीतिमा पनि नयाँ नयाँ घटना भइरहेका छन्, त्यसमा हाम्रो ध्यान गइरहेको छ । हामी बेखबर र निक्रिष्य हुन पनि सक्दैनौं । हाम्राविरुद्ध अनेकौं किसिमको तानाबाना बुनिँदैछन् भन्ने सुन्नमा आइरहेको छ। कति सत्य हो असत्य हो थाहा छैन । त्यो प्रवृत्तिको जानकारी लिएर मूल्यांकन गरेर आफ्नो स्थानमा सतर्कता अपनाउनुपर्छ ।’
उनले विभिन्न राजनीतिक शक्तिहरूसँग संवाद जारी राख्दै सबै पार्टीबाट सूचनाहरू लिनपर्ने बताए ।