बागमतीमा मन्त्रालयको संख्या १३ तर मन्त्री १४

होमल्याण्ड खबर

२०८१ श्रावण १३ गते, आईतवार ११:०८ मा प्रकाशित

बागमती प्रदेशमा मन्त्रालयको संख्या १३ छ, तर १४ जना मन्त्री नियुक्ति भएका छन् । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले शनिबार कांग्रेसबाट चारजना थप गरेसँगै मन्त्रीको संख्या १४ पुगेको हो । यसअघि बुधबार उनले एमालेका ६ र कांग्रेसका तीन गरी नौजना मन्त्री नियुक्त गरेका थिए ।

शनिबार नियुक्त भएका मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका छन् । नवनियुक्त मन्त्रीहरूमा हरिप्रभा खड्गी सामाजिक विकास, मीनकृष्ण महर्जन युवा तथा खेलकुद, सुरजचन्द्र लामिछाने आन्तरिक मामिला तथा कानुन र विमल ठकुरी संस्कृति, पर्यटन तथा सहकारी छन् ।

मुख्यमन्त्री लामाले कांग्रेसका कुन्दन काफ्लेलाई आर्थिक मामिला तथा योजना, श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिएका छन् । ९ साउनमै मन्त्री नियुक्त भएका मदुकुमार श्रेष्ठले भने जिम्मेवारी पाएका छैनन् । लामाले श्रेष्ठलाई हालका लागि मुख्यमन्त्री कार्यालयमै जिम्मेवारी दिने गरी तयारी गरेको बताए । ‘विनाविभागीय मन्त्रीलाई मुख्यमन्त्री कार्यलयमै जिम्मेवारी दिने तयारी गरेका छौँ । सत्ता साझेदार दलसँग सहमति भएर मन्त्रालय नबढुन्जेल उहाँले मुख्यमन्त्री कार्यालयमा सहयोगीका रूपमा रहनुहुनेछ,’ उनले भने ।

मुख्यमन्त्री लामाले सत्ता साझेदार दल एमालेसँग मन्त्रालय बढाउने विषय छलफलमै रहेकाले तत्काल मन्त्रालय विभाजन गर्ने अवस्था नभएकाले मन्त्री श्रेष्ठलाई मुख्यमन्त्री कार्यालयमा जगेडाका रूपमा राख्नुपरेको बताए । ‘मन्त्रालय बढाउने विषयमा सत्ता साझेदार दलसँग छलफलमै छौँ । बाध्यात्मक अवस्थामा मन्त्रीको संख्या थप्नुपरेको हो । अहिले नै मन्त्रालय विभाजन गर्ने सहमति बनेको छैन,’ उनले भने ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले कुनै पनि हालतमा मन्त्रालयको संख्या नबढ्ने बताए । उनले दुई दलबीच मुख्यमन्त्रीसहित कांग्रेसलाई सात र एमालेलाई ६ जना मन्त्री दिने सहमति भएको उल्लेख गर्दै त्यसबाट आफूहरू पछि नहटेको बताए । ‘त्यो मुख्यमन्त्रीको समस्या हो । विनाविभागीय मन्त्रीलाई