९ मंसिर २०८१, आईतवार
ईङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेडल लगातार तेस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा न्युक्यासलले वर्नलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
चौथो मिनेटमा बेन मिको आत्मघाति गोलबाट न्युक्यासलले खेलमा अग्रता लिएको थियो । किरियन क्लार्कले २३ औ मिनेटमा पाहुना टोलीको अग्रता दोब्बर पारे ।
साम भोक्सले ४० औ मिनेटमा गोल गर्दै घरेलु टोली बर्नलीलाई खेलमा फर्काउने कोशश गरेपनि त्यो सफल हुन सकेन । जितपछि न्युक्यासल १३ खेलबाट १२ अंक सहित तालिकाको १३ औ स्थानमा उक्लियो ।
वर्नली ९ अंक सहित रेलिगेशन जोनको माथि रह्यो ।
१३ औ चरणको खेलको समाप्तिमा म्यान्चेष्टर सिटीले ३५ अंक सहित तालिकामा अग्रतालाई कायम राख्न सफल भएको छ । एजेन्सी ।