३० कार्तिक २०८१, शुक्रबार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाह दोहोरिने भएका छन् । नेपाली कांग्रेस संसदीय दलको अहिले बसेको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई बनाउने निर्णय गरेको हो ।
शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा सम्बोधनपछि राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले आज आइतबार ५ बजेभित्र नयाँ सरकारको दावी पेस गर्न आह्वान गरेका थिए ।