कुर्मीलाई मन्त्री पदबाट हटाउन माग गर्दै माइतीघरमा धर्ना

होमल्याण्ड खबर

२०८१ श्रावण २५ गते, शुक्रबार १२:३४ मा प्रकाशित

निर्मला कुर्मी हत्याको मुख्य अभियुक्तलाई मन्त्री बनाएको भन्दै माइतीघरमा धर्ना सुरु भएको छ । सत्ताधारी पार्टीले बादसाह कुर्मीलाई प्रदेश मन्त्री बनाई संरक्षण गरेको भन्दै रूबी खानको नेतृत्वमा आजदेखि माइतीघरमा धर्ना सुरु भएको हो ।

कलङ्कीदेखि हिंड्दै आएको निर्मला कुर्मीको न्यायको लागि सङ्घर्षरत समूहले मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरे पनि मुख्य अभियुक्तलाई नै मन्त्री बनाएको विरोधमा पाँचौ चरणको आन्दोलन सुरु गरेको हो ।

उनीहरूले निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादसाहलाई मन्त्री पदबाट तत्काल हटाउनुपर्ने, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पु¥याउनुपर्ने, आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरू राखेका छन् ।