३० कार्तिक २०८१, शुक्रबार
जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ ।
पार्टीको निर्देशन विपरीत काम गर्न थालेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो ।
पार्टीले दिएका निर्देशनहरू किन बेवास्ता गरेको भन्दै मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण मागिएको छ । स्रोतका अनुसार सांसदलाई पाँच करोडको योजना दिने जस्ता विवादास्पद अभिव्यक्तिबारे पनि मुख्यमन्त्रीसँग पार्टीले स्पष्टीकरण सोधेको छ ।