३० कार्तिक २०८१, शुक्रबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । बैठक साउन २९ गते मङ्गलवार बिहान साढे दश बजे बस्ने गरी बोलाएको सांसद मनिष झाले जानकारी दिए ।
उनका अनुसार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा पाँच वटा विषयमा छलफलका हुनेछ ।
जसमा समसामयिक राजनीतिक घटनाक्रम,प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकका सम्बन्धमा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक र विविध विषय छलफलका एजेन्डा छन् ।