३० कार्तिक २०८१, शुक्रबार
गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी) लाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटना कारण खोज्न आइजीपी बसन्त कुँवरलाई निर्देशन दिएका हुन् ।
ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमी वृत्तको जिम्मा लगाएको छ ।