३० कार्तिक २०८१, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले आज बिदाइ भेट गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा भएको भेटमा राजदूत भोल्कले आफ्नो कार्यकालमा दुई देशका बीचमा भएका महत्त्वपूर्ण कामबारे जानकारी गराएकी थिइन् ।
उनी कार्यकाल पूरा गरी सोमबार स्वदेश फर्कदै छिन् । प्रधानमन्त्री ओलीले राजदूत भोल्कलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकामा आभार व्यक्त गरे । सो अवसरमा दुुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको थियो । भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको सहभागिता थियो ।