३० कार्तिक २०८१, शुक्रबार
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई खबरदारी गर्न प्रतिनिधिसभाको रोस्ट्रममा उभिएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले अहिलेको सरकार संविधानको अवहेलनाबाट बनेको असंवैधानिक सरकार रहेको बताए ।
‘संसददेखि सडकसम्म जनतालाई साथ लिएर सडकदेखि संसदसम्म सरकारलाई नियन्त्रणमा लिइने छ,’ उनले भने, ‘संख्यामा दुईतिहाइ होला सरकारको जगमा विश्वास होइन शंका छ ।’
सरकारका पछाडि बिचौलिया र माफिया रहेको उनले बताए । ‘सरकार अहंकारपूर्ण र गलतबाट उन्मुख संख्याको उन्माद जनताभन्दा माफियाहरूको सेवामा छ । रचनात्मक खबरदारी नगर्दा ढिला हुने भयो भनेर खबरदारीका लागि उभिएको छु,’ उनले भने ।