संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित

होमल्याण्ड खबर

२०८१ भाद्र १२ गते, बुधबार १५:३२ मा प्रकाशित

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित भएको छ । संघीय संसद्का दुवै सदनबाट पारित भएको उक्त विधेयक सभामुख देवराज घिमिरेले बुधबार प्रमाणित गरेका हुन् ।

सभाुमखका प्रेस विज्ञ शेखर अधिकारीले टीआरसी विद्येयक सभामुखबाट प्रमाणित भएको जानकारी दिए । टीआरसी विधेयक साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो ।

अब सभामुखबाट प्रमाणित उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।